सलमान खानले तोडे आफ्नै रेकर्ड

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नै रेकर्ड तोडेका छन् ।

उनको फिल्म ‘टाइगर ३’ ले पहिलो सातामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ । उनले आफ्नै फिल्म ‘सुल्तान’ को रेकर्ड तोड्दै उक्त रेकर्ड राखेका हुन् ।

‘टाइगर ३’ ले पहिलो साता २२० करोड २५ लाख भारू कमाएको छ भने ‘सुल्तान’ २०८ करोड ८२ लाख भारू कमाएको थियो । पहिलो साता २०६ करोड ४ लाख कमाइ गरेको फिल्म ‘टाइगर जिन्दा है’ तेस्रो नम्बरमा छ ।

पहिलो साता १८४ करोड ६२ लाख भारू कमाएको फिल्म ‘बजरंगी भाइजान’ चौथो नम्बरमा छ भने १६७ करोड ६ लाख कमाएको फिल्म ‘भारत’ पाँचौं नम्बरमा छ ।

सुरूआतमा राम्रो कमाइ गरे पनि ‘टाइगर ३’ अहिले बक्स अफिसमा कमजोर हुँदै गएको छ । नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो ।

यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो ।

आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ । फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१