ऋतिक रोशन बने भारतका दोस्रो धनी अभिनेता

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन् । पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन् ।

ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर ९३४ अर्ब १७ करोड भारू० रहेको छ ।

उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन् । उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमोशनल भिडिओ हालेको ४(५ करोड भारू पारिश्रमिक लिन्छन् । उनीसँग आफ्नै कम्पनी छ ।

स्पोर्ट वियर क्लोदिङ ब्रान्ड, एचआरएक्सका मालिक हुन् उनी । यो कम्पनीको मूल्य २०० करोड भारू रहेको छ । उनको दुई पेटहाउस पनि छ । एकको मूल्य ९८ करोड भारू छ भने अर्कोको ६७ करोड छ ।

उनीसँग ३ करोडको डिजाइनर भ्यानिटी भ्यान छ । उनले अभिनय गरेका फिल्महरू प्राय हिट छन् । यतिबेला उनी फिल्म ‘फाइटर’ को तयारीमा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१