• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मंसिर ७ को जात्रामा ब्यस्त काठमाडौंलाई जाजरकोटबाट अपिल !

पछिल्लो तीन देखि हामी नेपाली कांग्रेसको १००० घरटहरा बनाउन सघाउने अभियान अन्तर्गत जाजरकोटको नलगाढ नगरपालिका भित्र छौँ ।

यसै क्रममा स्थानिय अधिकारी संगको संवादमा थाहा पाइयो, नेपाल सरकारले भूकम्प प्रभावित परिवारको अस्थायी आवास ‘घर टहरा’ लागि तत्काल दिने निर्णय भएको ५० हजार रुपैया प्रभावित परिवारमा पुग्न अझै करिब १५ दिन लाग्छ ।

त्यसपछि अस्थायी आवास बन्ने समय सम्म हामिले चिसोको कारण जीवन गुमाएका थुप्रै समाचार पढनुपर्नेछ । ‘मंसिर ७’ को जात्रामा रमाइरहेको काठमाडाैंले सुनोस्, विपतको समयमा कर्मकाण्डी प्रशासनिक प्रकृयाबाट हैन युद्धस्तरमा भत्किएका घरमा जस्तापाता पुर्याउने र एकहप्ता भित्रै घरटहरा बन्ने वातावरण बनाउन सकिन्छ । सम्भव छ भन्नेकुरा तीन दिन नलगाडका बस्तीहरुको श्रमदानबाट बन्दै गरेका १०० घरटहरा बाट अनुभुत गरेका छौँ ।

निर्णय सहि गरेर मात्र हुँदैन, ठिक समयमा प्रयोग हुन सक्दा मात्र उद्देष्य प्राप्त हुन्छ र भूकम्पले दिएको चोटमा मलम लाग्न सक्छ । तसर्थ मंसिर ७ को जात्रा चल्दै गर्दा जाजरकोट भुकम्पले निम्त्याउने थप खतरा बाट जोगाउन जागौ र तदारुकता देखाऔँ ।

तपाईंको
डिल्लीराम सुवेदी
प्रदेशसभा सदस्य, बागलुङ ।
हाल : नलगाढ, जाजरकोट ।