
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहिन प्रहरीहरुलाई सम्पर्कमा आउन निर्देशन गरेको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
देशका विभिन्न स्थानमा कार्यरत २६ जना सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र स्पष्टीकरण दिन अनुरोध गरेको छ ।
२ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।