• २०८३ साउन ९
  • 2026 July 25, Saturday

खेलकुदमा हामीले संस्कृतिको सरुवात गरेका छौ : टंकलाल घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदमा होली पर्वलाई निरन्तरुपमा हर्षोल्लासका साथ मनाउने बताएका छन् ।

राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा संस्कृतिको सरुवात गरेको बताएका हुन् ।उनले भने,‘रङगीन सपना पूरा गर्नको लागि होलीलाई मिसन २०२६ को कार्यक्रमसँग जोडेर हामी होली मनाइरहेका छौ ।

म सम्पूर्ण खेलाडि, प्रशिक्षक लगायत सम्पूर्ण साथिहरु सबैलाई हार्दिक शुभकामना व्यक्त्त गर्दछु । हामी खेलकुदमा कार्यगत सबै एउटा परिवार हौ । त्यसैले हामीले खेलकुदमा पनि हामी संस्कृतिको सरुवात गरेका छौ । अबदेखी हरेक वर्ष सँगै होली पर्वलाई निरन्तरुपमा सञ्चालन गर्नेछौ ।’उनले देशको सपना नै आफ्नो सपना भएकोले सपनाहरुलाई पूरा गर्नको निम्ति फागु पूर्णिमा अर्थात होलीले सफलता मिलोस् भन्दै शुभकामना दिए ।