• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गाैशालाबाट आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।