भारतीय दूतावासद्वारा विद्यापति जयन्ती तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडाैं । भारतीय राजदूतावास काठमाडाैंले ‘नेपाल भारत साहित्यिक समारोह’ अन्तर्गत महाकवि विद्यापति जयन्ती तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा लेखक एवम् संस्कृतिविद धिरेन्द्र प्रेमर्षिद्वारा अनुवाद गरिएको महाकवि पद्यापतिका किताब पुरुष परीक्षामाथि चर्चा भएको थियो । कार्यक्रममा प्रेमर्षिसहित डा. देवी नेपाल डा. रजनी ढकाल र शरदचन्द्र वस्तीले विद्यापतिको किताव र उनको महत्वबारे विचार राखेका थिए ।

कार्यक्रममा साहित्यप्रेमी, भाषाअनुरागी, शिक्षकका साथै नेपाल भारत पुस्तकालयका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१