• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रथम महिला लधुकथाकार मोतिलक्ष्मीको जन्मजयन्ती मनाइयो

काठमाडौं । प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिका (प्रमेशान्ति तुलाधर)को ११५औं जन्मजयन्ती मनाइएको छ ।

काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भाषा विभागले साहित्यकार तुलाधरको जन्मजयन्ती मनाएको हो ।नेपालभाषाको साहित्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रथम महिला समेत रहेकी उपासिकाले नेपालको साहित्यको क्षेत्रमा ठुलो योगदान दिएकी छिन् ।

उनले लेखेको नेपालभाषाका कविता ‘चाँहा सल्हा’ साहित्य क्षेत्रमा अति नै चर्चा चर्चा पाएको कविता हो ।चत्तघर हदयको स्मृतिमा ‘झी’ पत्रिकामा प्रकाशित भएको ‘यः दाइ आः जि छु याये’ गद्यात्मक कविता प्रकाशित भएको थियो ।

वि.स.१९९२ मा नेपालभाषा साहित्यमा लघु कथा (कजयचत कतयचथ) लेखी नयाँ युगको शुरुवात गर्ने पहिलो व्यक्तित्व मोतिलक्ष्मी उपासिका हुन् ।शुक्रबार प्रज्ञा प्रतिष्ठानमा जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानका उपकुलपति भूपाल राईले नेपालका विभिन्न भाषाका माध्यमबाट नेपाली समाज र राष्ट्र निर्माणमा योगदान दिने योद्धामध्ये उपासिका पनि एक रहेको बताए ।

नेपालका दुर दराजकाका भाषा र साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपुर्ण छ ।उनले भने, ‘हामी यही प्रज्ञा प्रतिष्ठानमा विभिन्न भाषको माध्यमबाट सहयोग गर्नुहुने स्रष्टा र साहित्यकारहरुको जन्मजयन्ती मनाउँन पाउँदा प्रज्ञा प्रतिष्ठान साच्चिकै प्रज्ञा प्रतिष्ठान जस्तै भएको छ ।

हामीले अस्ति असार २९ गते यही मञ्चमा आदीकवि भानुभक्त आचार्यको जन्मजयन्ती पनि मनाएको थियौं । नेपालको दुर दराजमा रहेका भाषी र कविहरु चिनाउने प्रयास जारी नै रहनेछ ।’