• २०८३ जेठ २२
  • 2026 June 05, Friday

टोपबहादुर रायमाझी थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो (पूर्णपाठसहित)

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश भएको छ । यस्तै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख र पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाखमा छाड्न अदालतले आदेश दिएको हो । पूर्वगृहमन्त्री खाँणाबारे भने न्यायधिसहरुबीच मत बाझिएको छ ।

हेर्नुहोस् पूर्णपाठ