त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । उनी बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका हुन् ।घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो । उनको साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए ।

विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेको हो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१