• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

३ सय ८० किलो अवैध गाँजासहित दुई जना पक्राउ

काठमाडौं । चितवन प्रहरीले ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

चितवन  जिल्लाको भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।