• २०८३ असार ३२
  • 2026 July 16, Thursday

भैंसेपार्टीको मन्त्री क्वाटर परिसरमा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपार्टीस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ। क्वाटरभित्र रहेको सामान राख्ने एक टहरामा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

बिहान साढे ११ बजेतिर लागेको आगो करिब २० मिनेटमा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त भैंसेपार्टीले जनाएको छ।

आगलागीबाट करिब १०० वटा रङका डिब्बा जलेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।