• २०८३ असार १५
  • 2026 June 29, Monday

भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो

काठमाडौं । भारतमा संसदको हिउँदे अधिवेशनमा विपक्षी सांसदहरुको विरोध गरेपछि थप ४९ सांसद निलम्बनमा परेका छन् । यसरी संसदको इतिहासमा अहिलेसम्मकै ठूलो संख्यामा निलम्बनमा परेका हुन् । आजको समेत गरेर निलम्बित सांसदको संख्या १४१ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

निलम्बित सांसदहरुलाई हिउँदे अधिवेशनको सम्पूर्ण कामकाजमा भाग लिनबाट रोक लगाइएको छ । सुप्रिया सुले, मनिष तिवारी, शशी थरुर, मोहम्मद फैसल, कार्ती चिदम्बरम, सुदीप बन्धोपाध्याय, डिम्पल यादव र दानिश अली लगायत लोकसभाका धेरै विपक्षी सांसदहरूलाई संसदको शीतकालीन सत्रको बाँकी अवधिको लागि निलम्बन गरिएको थियो ।

लोकसभामा केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले सुप्रिया सुले, मनिष तिवारी, शशि थरुर, मोहम्मद फैसल, कार्ती चिदम्बरम, सुदीप बन्धोपाध्याय, डिम्पल यादव र दानिश अलीलगायत अन्य विपक्षी सांसदहरूलाई निलम्बन गर्ने प्रस्ताव राखेका थिए । यसअघि सोमबार लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदसहित ७८ सांसद निलम्बित भएका थिए ।

निलम्बन हुने सांसदहरु

मनिष तिवारी, चन्द्रशेखर प्रसाद, डिम्पल यादव, कार्ती चिदम्बरम, एसटी हसन, सुप्रिया सुले, शशी थरूर, दानिश अली, माला रोय, राजीव रञ्जन सिंह, सन्तोष कुमार, प्रतिभा सिंह, मोहम्मद सादिक, जगबीर सिंह गिल, महाबली सिंह, एमके विष्णु प्रसाद , फारुक अब्दुल्ला, गुरजित सिंह औजला, फजलुर रहमान, रवनीत सिंह बिट्टु, दिनेश यादव, के सुधाकरण, सुशील कुमार रिंकु ।