युएईबाट काठमाडौं आएको जहाजको शौचालयमा भेटियो मृत नवजात शिशु

काठमाडौं । युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो ।

एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन ।

प्रवक्ता झाका अनुसार शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । ‘ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ,’ उनले भने ।

यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ । ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले बताएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१