• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ ।

बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको जनाइएको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ ।