• २०८३ असार ३२
  • 2026 July 16, Thursday

‘जवान’ र ‘पठान’ भन्दा कमजाेर ‘डंकी’ !

काठमाडाैं । शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ बिहीबार रिलिज भएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले पहिलो दिन भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ।

शाहरूखको करिअरमै उत्कृष्ट प्रदर्शन गरेको फिल्म ‘जवान’ र ‘पठान’ भन्दा फिल्म ‘डंकी’ कमजोर बनेको छ ।

फिल्म ‘जवान’ ले ७५ कारोड नेट कलेक्सनसहितको ओपनिङ गरेको थियो भने फिल्म ‘पठान’ ले ५७ करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको थियो।

‘डंकी’ हिन्दी फिल्मको इतिहासमा धेरै ओपनिङ गर्ने सातौं फिल्म बनेको छ।

राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोवरको अभिनय छ।