• २०८३ असार ३२
  • 2026 July 16, Thursday

रवि लामिछानेलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शनिबार सभामा रविले बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताए ।

रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभई प्रहरी प्रतिवेदनका आधारमा मुद्दा अगाडि बढाइएको एसपी थापाले बताए ।