इजरायल-हमास युद्ध : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

इजरायल-हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ ।

गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् ।

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् । यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१