• २०८३ असार ३२
  • 2026 July 16, Thursday

नाबालिग बलात्कार आरोप लागेका लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।

काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा बिहीबार लागि पेशी तोकिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

जाहेरवाला पक्षको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

नाबालिग बलात्कार अभियोग लागेका लामिछानेविरूद्धको मुद्दामा पटकपटक पेशी सर्दै आएको छ। अहिले भने अन्तिम सुनुवाइ भइरहेको हो। बहस सकिएपछि यस मुद्दाको फैसला आउनेछ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई निलम्बन गरेको थियो।