• २०८३ असार १६
  • 2026 June 30, Tuesday

राष्ट्रपति पौडेल र जापानी राजदूत युताकाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपति भवन शितलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेको बताए ।

उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याई आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।