• २०८३ असार ३२
  • 2026 July 16, Thursday

योग्यतामाथि प्रश्न उठाउँदै गभर्नर अधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।

बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्‍दप्रसाद घिमिरेले जानकारी दिए।

अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए। उक्त रिट आजमात्रै दर्ता भएको हो।

यसको सुनुवाइ शुक्रबार हुने पनि सूचना अधिकारी घिमिरेले जानकारी दिए।

गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ।