विश्व हिन्दी दिवसमा भारतीय दूतावासले गर्‍याे नेपाल–भारत कवि सम्मेलनकाे आयोजना

काठमाडाैं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाल–भारत कवि सम्मेलन आयोजना गरेको छ ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर प्रमुख अतिथि थिए ।

कार्यक्रममा भारतीय दूतावासका डिसिएम (उप–प्रमुख) प्रसन्न श्रीवास्तवले भारतका प्रधानमन्त्रीबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । सन्देशमा भारतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र भारतीय जनतालाई एकताको सूत्रमा बाँध्न हिन्दी भाषाको महत्वपूर्ण योगदान रहेको बताइएकाे थियाे ।

कवि सम्मेलनको अध्यक्षता गर्दै भारतका प्रख्यात हिन्दी गजलकार दीक्षित दनकौरीले आफ्ना गजलहरूले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए । साथै, नेपालका कवि तथा कवयित्रीहरुले आफ्नो उत्कृष्ट रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वामी विवेकानन्द कल्चरल सेन्टरका विद्यार्थीहरुले महाभारतको विषयमा प्रभावशाली नाटकीय भाषण पनि प्रस्तुत गरेका थिए ।

नेपालमा हिन्दी भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विद्वानहरूलाई दूतावासले सम्मान पनि गरेको थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आयोजित कार्यक्रमको दोस्रो शत्रमा चर्चित हिन्दी चलचित्रका गीतहरूको सांगीतिक प्रस्तुति गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१