पोखरामा फिल्म ‘ईश्वर’को मुहुर्त

काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा मुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मूख्य भूमिकामा अभिनेता माओत्से गुरुङको अभिनय रहनेछ ।

माघ २८ गतेबाट फ्लोरमा जाने फिल्ममा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले लेखेका छन् ।हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१