दोस्रो टी–२० मा जिम्बाब्बेसँग श्रीलंका ४ विकेटले पराजित

काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा जिम्बाब्बेले श्रीलंकालाई ४ विकेटले हराउँदै विजयी भएको छ । कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । जवाफमा जिम्बाब्बेले १९.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै खेल जित्यो । तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ ।

जिम्बाब्बेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दोस्रो ओभरमा पाथुम निसान्का १ र कुसल परेरा खाता नखोल्दै आउट भएपछि श्रीलंकाको सुरुवात खराब रह्यो । कुसल मेन्डिस ४ र सदिरा समराविक्रमाले पनि १६ रन बनाएर पाँचौं ओभरमा स्कोर २७÷४ मा पुर्याएका थिए ।

चरित असालान्का र अनुभवी एन्जेलो म्याथ्युजले ७९ बलमा ११८ रन जोडे, जुन श्रीलंकाका लागि टी–२० मा पाँचौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी पनि थियो। यी दुईबीचको साझेदारीको मद्दतले स्कोर १४० नाघेको थियो ।

अस्लान्काले ३९ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६९ रन बनाएका थिए भने १४५ रनको स्कोरमा आउट भए । दासुन शनाका ९ रन बनाएर पभेलियन फर्किए । म्याथ्युजले ५१ बलमा ६६ रन बनाएर नटआउट रहे । जिम्बाब्वेका ब्लेसिङ मुजरबानी र लुक जोङवेले समान २–२ विकेट लिए ।
लक्ष्य पछ्याएको जिम्बाब्वेले चौथो ओभरमा २२ रनमा टी कामुन्हुकाम्वेको विकेट गुमाएको थियो । उनी १२ रन बनाएर आउट भएका थिए । कप्तान क्रेग एर्भिन र ब्रायन बेनेटले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै स्कोरलाई सयको नजिक पु¥याए ।

बेनेटले २५ रनको इनिङ खेले र १३ औं ओभरमा ९६ रनको स्कोरमा पभेलियन फर्किए । कप्तान सिकन्दर रजा ८ रन र शान विलियम्स १ रन बनाएर आउट भए । इर्विनले अर्धशतक र ५४ बलमा ७० रनको इनिङ खेले । त्यसै क्रममा रायन बर्लले १३ रन बनाए र १८ औं ओभरमा १४३ रनको स्कोरमा छैटौं विकेट लिए ।

अन्तिम दुई ओभरमा जिम्बाब्बेलाई जितका लागि ३० रन चाहिएको थियो तर १९ औं ओभरमा १० रन मात्रै आयो । ६ बलमा २० रन आवश्यक थियो । इनिङ्सको अन्तिम ओभर बलिङ गर्ने जिम्मेवारी अनुभवी एन्जेलो म्याथ्युजले पाए तर उनले पहिलो बलमा नो बल दिए र त्यसमा ल्युक जोङवेले छक्का प्रहार गरी कुल ७ रन दिए । त्यसपछिका दुई बलमा चौका र छक्काको सहयोगमा १० रन आए र अब ४ बलमा जितका लागि ३ रन आवश्यक थियो ।
तेस्रो बल डट थियो, जबकि चौथो बलमा क्याच छुटेको कारण एक रन आयो । क्लाइभ मडान्डेले पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । जोङवे १२ बलमा २५ रन र मदनडे ५ बलमा १५ रनमा नटआउट रहे । श्रीलंकाका लागि महिश टिक्षाना र दुष्मन्थ चमेराले समान २–२ विकेट लिए । तेस्रो तथा अन्तिम टी–२० खेल बिहीबार हुनेछ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१