बिँडी तान्दा महेश बाबूलाई ‘माइग्रेन’

मुम्बई । अभिनेता महेश बाबूका फिल्म ‘गुंटूर करम’ गत जनवरी १२ मा रिलिज भयो । यो फिल्मले बक्सअफिसमा ७७ करोडको कलेक्सन गरेको छ ।

यो फिल्ममा काम गर्दा आफूलाई ‘माइग्रेन’ भएको महेशले खुलासा गरेका छन् । उनले फिल्ममा भएको धुम्रपानको दृश्यबारे कुरा गर्दै बिँडी तान्दा आफूलाई ‘माइग्रेन’ समस्या देखिएको खुलाएका छन् ।

‘मैले धुम्रपानलाई प्राथमिकता दिएको छैन । तर स्क्रिप्टको माग अनुसार मैले बिँडी तानेको हुँ । मैले पहिलोपटक बिँडी तान्दा मलाई माइग्रेन भयो । यसपछि सेटमा ‘आयुर्वेदिक बिँडी’ बनाएर मैले दृश्य दिएँ’, उनले भनेका छन् ।
उनले आफूले धुम्रपान नगर्ने र धुम्रपानलाई प्राथमिकता नदिने बताएका छन् । ‘यो एक आयुर्वेदिक बिँडी थियो । जुन ल्वाङको पत्ताबाट बनाइएको थियो । शुरुमा मलाई वास्तविक बिँडी दिइयो, जसले मलाई माइग्रेन भयो । मैले यो बारेमा त्रिविक्रम श्रीनिवासलाई बताएपछि अब के गर्ने भनेर उनले सोचे । त्यसपछि उनले सोधखोज गरेर मलाई आयुर्वेदिक बिँडी दिइयो । जुन मलाई राम्रो लाग्यो । यो ल्वाङको पत्ताबाट बनाइएको थियो र यसमा पुदिनाको स्वाद थियो । यसमा कुनै सुर्ती थिएन’, महेश बाबुले भनेका छन् ।

यो फिल्ममा त्रिविक्रम श्रीनिवासको निर्देशन छ । यो फिल्म अघि महेश बाबु र त्रिविक्रमले ‘हिट अथाड’(२००५) र ‘खलेजा’(२०१०) जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरेका थिए ।

‘गुंटुर करम’मा महेश बाबुका अलावा श्रीलीला, मीनाक्षी चौधरी, जगपति बाबू, राम्या कृष्णन, जयराम, प्रकाशराज र सुनील जस्ता कलाकारको अभिनय छ ।

यो फिल्म गुंटूरको एक डन र उसको प्रेमकथामा आधारित छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७