• २०८३ असार ३२
  • 2026 July 16, Thursday

‘गौशाला २६’ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट मंगलबार पक्राउ गरी काठमाडौं ल्याएको छ । ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ ।

पीडित युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन् । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सामाजिक सञ्जालमा सार्वजनिक गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।