एएफसी एसियन कपमा इराकसँग जापान २/१ ले पराजित

काठमाडौं । एएफसी एसियन कपमा इराकले जापानलाई २/१ ले पराजित गरेको छ ।

समूह डी मा लगातार दुई जितपछि इरान अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा हुसेनले पाँचौ मिनेटमा गोल गरेर खाता खोल्यो । पहिलो हाफको इन्जुरी टायममा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे ।

जापानका लागि खेलको इन्जुरी टाइममा वाटारु एन्डोले गोल गरेपनि हार टार्न पर्याप्त भएन । यसअघि इन्डोनेसियालाई पराजित गरेको इराक लगातार दुई खेल जित्दै ६ अंकका समूह डी को शीर्ष स्थानमा छ ।

एसियन कपमा हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा छनोट हुनेछ भने तेस्रो हुने ६ मध्ये चार उत्कृष्ट टोली पनि अन्तिम १६ म पुग्नेछ ।

आयोजक कतार र अष्ट्रेलियाले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

इराक अब भियतनामसँग खेल्ने छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१