शाहरुख र रोहितबिच मनमुटाबको रहस्य

मुम्बई । ‘चेन्नई एक्सप्रेस’ र ‘दिलवाले’ जस्ता क्लासिक हिट फिल्मपश्चात निर्देशक रोहित शेट्टीले बलिउड अभिनेता शाहरुख खानसँग पुनः सहकार्य गरेका छैनन् ।

रोहित र शाहरुखको जोडीको आगामी फिल्मका लागि उनीहरुका प्रशंसक प्रतिक्षामा रहेपनि सँगै काम गर्न सकिनेबारे कुनै संकेत गरेका छैनन् ।

रोहित र शाहरुखबिच मनमुटाव भएको खबरहरु चर्चामा रहेपनि उक्त विषयमा दुवैले प्रष्टीकरण दिन चाहेका थिएनन् । तर हालैमात्र एक अन्तरवार्तामा रोहितले यो विषयमा मुख खोलेका छन् ।

अन्तरवार्तामा रोहितलाई शाहरुखसँगको मनमुटावको विषयमा प्रश्न गर्दा ‘त्यस्तो केही होइन’ मात्र प्रतिक्रिया दिए । रोहित र शाहरुखको फिल्म ‘दिलवाले’को रिलिजका समयमा दुवैबिच केही मुद्दामा मतभेद रहेको चर्चा चलेको थियो । फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । जसकारण पनि शाहरुख र रोहितबिच पुनः सहकार्यको वातावरण बिग्रिएकासमेत चर्चा चलेको थियो ।

तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुनः सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ । राम्रो कथा आयो भने शाहरुखसँग सहकार्य गर्न कुनै आपत्ति छैन’, उनले भनेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१