आधा किलो सुनसहित एक जना पक्राउ

  • हुलाक सञ्चार
  • काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

    कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो ।

    कार्यालय प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए ।

    हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको पाण्डेले बताए ।

    बरामद भएको सुन दर्जी आफैंले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१