• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

इन्धनको मूल्य घटेपछि हवाई भाडा समायाेजन, कुन रुटमा कति ?

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजैदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।

नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो ।

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित हवाई भाडा दर इन्धन सरचार्ज आजदेखि नै अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ । यो निर्णय उल्लङ्घन गर्ने वा नयाँ भाडा दर लागू नगर्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।