अस्पताल भर्ना भए भारतीय अभिनेता सैफ अली खान

नयाँ दिल्ली । भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कसरी लाग्यो भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

समाचार अनुसार सैफ अली खान सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । अस्पतालमा सैफसँगै उनकी पत्नी अभिनेत्री करिना कपुर खान पनि छिन् । यसबारे अहिलेसम्म धेरै जानकारी आएको छैन ।

सैफलाई फिल्मको सुटिङका क्रममा यो चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । अभिनेताको घुँडा र काँधका हड्डी भाँचिएको खबर आइरहेको छ । चिकित्सकले उनको शल्यक्रिया गर्न भनेका छन् । जसका कारण उनलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

सैफ अली खान प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । सैफ यतिबेला आफ्नो आगामी फिल्म देवरा पार्ट वनका कारण हेडलाइनमा छाइरहेका छन् । उनी साउथको फिल्म देवरामा बहिराको भूमिकामा देखिँदैछन् । यस फिल्ममा साउथका सुपरस्टार जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७