२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ ।

मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ । गाजामा बन्धक बनाएका धेरै इजरायलीहरूको परिवारले सरकारलाई दबाब दिइरहेका छन् ।

सोमबार संसदीय समितिको बैठकका क्रममा बन्धकका आफन्त संसदमा प्रवेश गरेका थिए । उनीहरुले प्यालेस्टाइनमा बन्धक मारिएको अवस्थामा यहाँ बैठक बस्न नमिल्ने बताएका थिए ।

यस्तै आइतबार राति मानिसहरूले आफ्ना परिवारका सदस्यहरूलाई रिहा गर्न माग गर्दै इजरायली सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

७ अक्टोबरदेखि जारी युद्धमा अहिलेसम्म २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । जसमा महिला र बालबालिका बढी रहेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१