सुस्ता बचाउँदा बचाउँदै सुस्ताए गोपाल

‘नेपाली हामी रहौला कहाँ नेपालले नरहे’ यो गित सुन्दा जो कोहि नेपालीमा नेपालित्वको भाव छचल्किन्छ । हुनपनि हो पछिल्लो समय विदेशी हस्तक्षेप बढ्दै जानु, हेपाहा प्रवृत्ति बढ्दै जाँदा कता कता देशको अथाह माया लाग्छनै ।

नेपाल रहे पो हामी नेपाली नरहे हाम्रो अस्तित्व के होला ? । नेपालप्रतिको माया हर कोहिमा छ तर यस्ता नेपाली छन जो आफ्नो आमाको रक्षार्थ खटिएका छोरा, आमालाई बचाउन निरन्तर लडिरहे । सिमामै खम्बा बनेर । त्यागे सरकारी जागिर र लागे सिमानाका जोगाउन । हो आज हामी ती प्रहरी जसले भारतीय सिमा अतिक्रमण जोगाउन जागिर छाडेर निस्वार्थ रुपमा सिमामै घर बनाएर लडिरहे ।

उनी हुन् गोपाल गुरुङ । तनहुँका स्थायि बासिन्दा गोपाल २०५५ सालमा प्रहरीको जागिर र बन्दुक छोडेर नेपाली भूमिको सुरक्षा गर्न लाठी बोक्ने प्रतिबद्धता गरे ।

नेपाल प्रहरीमा हवल्दारको रूपमा कार्यरत रहेका सुस्ता बचाउका योद्धा गुरुङ २०५५ सालमा सरूवा भएर तत्कालीन त्रिवेणी सुस्ता गाविसको सुस्ता प्रहरी चौकीमा पुगेका थिए । त्यहाँ पुगेपछि दिनहुँ भारतीयको ज्यादती देखेपछि उनको भावना क्रमशः फेरिँदै गएको थियो । सबैतिरबाट नदीले घेरिएको सुस्तामा दाल, चामल किन्न र औषधिमुलो गर्न भारतीय बजार जानुपर्ने विकल्प नहुनु, नेपाली भूमिमा जान हिउँदमा डुंगाबाट जान सकिए पनि सर्वसाधारणलाई उस्तै महँगो पर्ने, वर्षामा तीन–चार वटा घोला तरेर भारतीय भूमि हुँदै गण्डकपार गरेर त्रिवेणी जानुपर्ने बाध्यतालाई उनले नजिकबाट अनुभूति गरेका थिए ।
त्यसपछिको उनको मनमा हेपाहा प्रवृत्तिको जग भत्काउने झोक चल्यो । उनी सुस्ता बस्ने योजना गरे तर बस्नलाई जमिन समेत थिएन । उनलाई लामो समय जनप्रतिनिधि बनेका टेकनारायण उपाध्यायले एक कठ्ठा जमिन दिए । त्यही जमिनमा सानो घर बनाएर सुस्त संरक्षण अभियानको नेतृत्व गरेका थिए गुरुङले ।

उनको निधनपछि सुस्ताका करिब ३०० घरधुरीले अभिभावक गुमाए । सुस्तामा भारतीय अतिक्रमण रोक्न सुविधा सम्पन्न ठाउँमा बसोबास गर्न श्रीमती र छोराछोरीको आग्रह र दबाब झेलेर सुस्तामै घर बनाएका गुरुङको गत वर्ष माघ १० गते निधन भएको थियो ।

सुस्तामा भारतले दशकौंदेखि नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको छ । त्यहीं सुस्ता संरक्षणको लागि संघर्षरत अवस्थामै गुरुङको निधन भएको हो । सीमा रक्षक गुरुङको कामको त्यति चर्चा नभएको र उनको योगदान र मृत्युको समाचारलाई समेत केन्द्रीय नेता तथा मिडियाहरुले उचित स्थान नदिएको गुनासो निकटस्थहरुले गरेका छन् ।

उनी सुस्तावासीमात्र थिएनन्, नारायणीपारिको टापु गाउँका नेता पनि थिए । भारतले पटक पटक सीमा मिच्दै सुस्ता हडप्ने नियतका अवरोधक र नेपाली सीमा रक्षाका पर्खाल थिए गोपाल गुरूङ । तनहुँका स्थायी बासिन्दा गुरुङ प्रहरी हवल्दार बनेर सुस्ता पुगेका थिए ।

त्यसबेला भारतीय हेपाइको प्रतिरोध सरकारी पोशाक र हतियारमा गर्न नसकिने निकर्ष निकाल्दै उनले जागिर छाडेर सुस्ता बचाउ अभियान थालेका थिए । स्थानीयले दिएको १ कठ्ठा जमिनमा सानो झुपडी बनाएका गुरुङ २५ वर्ष सुस्ता रक्षाका लागि लडे र लड्दालड्दै ढले ।

गुरुङलाई सधैं सुस्ताकै चिन्ताले सताउँथ्यो । भारतीय सुरक्षाकर्मीहरू सुस्ताको पूर्वी भागमा हतियार लिएर गस्ती गर्दा गुरुङ खुकुरी र लाठी भिरेर सिमानामा डुलिरहेका हुन्थे । गुरुङकै अगुवाइमा सुस्तावासीले छहारी पाएका थिए । जुन छहारी सधैंका लागि ढलेको एक वर्ष भइसक्यो । गुरुङ नरहे पनि उनले थालेको सुस्ता बचाउ अभियान भने अहिले पनि छ । यो अभियानलाई अहिले देशैभरबाट साथ छ ।

नेपाल प्रहरीमा हवल्दारको रूपमा कार्यरत रहेका गुरुङ २०५५ सालमा सरूवा भएर तत्कालीन त्रिवेणी सुस्ता गाविसको सुस्ता प्रहरी चौकीमा पुगेका थिए । त्यहाँ पुगेपछि दिनहुँ भारतीयको ज्यादती देखेपछि उनको भावना क्रमशः फेरिँदै गएको थियो । सबैतिरबाट नदीले घेरिएको सुस्तामा दाल, चामल किन्न र औषधिमुलो गर्न भारतीय बजार जानुपर्ने विकल्प नहुनु, नेपाली भूमिमा जान हिउँदमा डुंगाबाट जान सकिए पनि सर्वसाधारणलाई उस्तै महँगो पर्ने, वर्षामा तीन–चार वटा घोला तरेर भारतीय भूमि हुँदै गण्डक बराज पार गरेर त्रिवेणी जानुपर्ने बाध्यतालाई उनले नजिकबाट अनुभूति गरेका थिए ।

करिब एक वर्षको बसाइमा कैयौं पटक भारतीयले सुस्ताको सीमा मिचेको विषयमा उनले तालुकदार निकायमा खबर गर्नेबाहेक केही गर्न सकेका थिएनन् । त्यसपछि २०५५ सालमा उनले प्रहरीको जागिर र बन्दुक छोडेर नेपाली भूमिको सुरक्षा गर्न लाठी बोक्ने प्रतिबद्धता गरे । तर, सुस्तामा बस्ने जमिन थिएन । उनलाई लामो समय जनप्रतिनिधि बनेका टेकनारायण उपाध्यायले एक कठ्ठा जमिन दिए । त्यही जमिनमा सानो घर बनाएर सुस्त संरक्षण अभियानको नेतृत्व गरेका थिए गुरुङले ।

त्यो अभियानमा स्थानीय महिला नेतृ लैला बेगम, आदम खाँ, रवीन्द्र जैसवाललगायतले साथ दिए । गुरुङको निधनपछि आदम कावा अध्यक्ष छन् । लैला मुसलमान समुदायकी अगुवा हुन् । सुस्ता बचाउन भारतीयसँग भिड्ने, नेपालका प्रहरी प्रशासनलाई दबाब सृजना गर्ने सुस्ताको समस्या लिएर सिंहदरबार धाउने काम गोपालसँगै लैलाले पनि गरिन् ।

सुस्ता बचाउ अभियान थालेको दुई वर्षपछि भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्दा गुरुङको नेतृत्वमा लाठीमुंग्रीले धपाइएको थियो । २०५७ सालमा खाद्यान्न किन्न सीमावर्ती बजार भेडियारी जाँदै गर्दा भारतीय प्रहरीले जंगली जनावर शिकार गरेको आरोपमा गुरुङलाई पक्राउसमेत गरेको थियो । एक वर्ष बगाहा चौकीमा थुनेर भारतविरूद्ध गतिविधि नगर्न धम्की दिइएको थियो । तर, भारतीय जेलमा बस्दा उनले यो अभियानलाई देशव्यापी बनाउने र सुस्ताको सीमाबाट भारतीयलाई कसरी अघि बढ्न रोक्ने भन्नेबारेमा थुप्रै योजना बनाएर बाहिर निस्के र अभियानलाई पुनः सक्रिय बनाए ।

२०६२ सालमा ८४ जना सुस्तावासी जुटाएर उनले काठमाडौं माइतीघरमा धर्ना बसाए । चिसोले धर्नामा बसेका रामानन्द चमारको निधन भयो । तर, सरकारले सुस्ता बचाउन भारतीय पक्षसँग कुनै पहल नगरेको अभियानका कावा अध्यक्ष आदम बताउँछन् ।

सीमाविद्हरूका अनुसार नारायणी नदीमा २०३४ सालतिर आएको बाढीले धार बदलेर पश्चिमतिर जाँदा सुस्तालाई भारतले आफ्नो दाबी गरेको छ । भारतले नारायणीलाई सीमा नदी मान्नुपर्छ भन्ने तर्क अघि सार्दै सुस्तालाई कहिले आफ्नो त कहिले विवादित भूमिको संज्ञा दिँदै आएको छ । नारायणी नदीले धार परिवर्तन गरेको दुई वर्ष नपुग्दै भारतले सुस्ता अतिक्रमण सुरू गरेको स्थानीयको भनाइ छ ।

सुस्तामा कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५०० हेक्टर भारतले अतिक्रमण गरेको छ । उक्त जमिनको लालपुर्जा नेपालीहरूसँग छ । अहिले सुस्तावासीले ७ हजार हेक्टरमात्र भोगचलन गर्दै आएका छन् । १९ हजार ४८० हेक्टर जमिनलाई भारतले विवादित भन्दै नेपालीलाई उपभोग गर्न दिएको छैन । त्यसमध्ये ५५६ बिघा जग्गाको त अहिले पनि सुस्तावासीसँग पुर्जा छ ।

गोपालकै आग्रहमा सुस्तामा २०६५ सालतिर सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको थियो । अहिले सडक र विद्युतलाइन विस्तार गरिएको छ । प्रदेश सरकारको पहलमा अहिले यहाँ जनता आवास कार्यक्रममार्फत अति विपन्नको लागि १५० पक्की घर निर्माण भइरहेको छ । पक्लिहवाबाट सुस्ता जोड्ने झोलुंगे पुल निर्माण अन्तिम अवस्थामा छ ।

गुरुङको मृत्युपछि सुस्तावासीले असुरक्षित महसुसमात्रै गरेका छैनन्, सुस्ता बचाउ अभियानको नेतृत्व कसरी अघि जाला भन्ने चिन्तासमेत गरेका छन् । भारतीय सुरक्षाकर्मी र त्यहाँका बासिन्दाको अवरोधको बदला लिएको सुस्ता बचाउ आन्दोलन नरोक्न स्थानीयको माग छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७