चाल्स तृतीय अस्पताल भर्ना

काठमाडौं । बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि पनि विरामी भएका चाल्सले शुभुेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१