कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

  • कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु
  • काठमाडौं । उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

    सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको जनाएका छन् । उक्त हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।

     

     

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१