प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकीलाई एपीएफको २०८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले गण्डकीलाई २०८ रनको लक्ष्य दिएको छ ।
लोकेश बमको अर्धसतक मद्दतमा ४७.२ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।

लोकेशले ६७ बलमा ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएर आउट भए । भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरण बिकले ३० रनको योगदान गरे भने गण्डकीका कमल परियारले ३, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुई÷दुई विकेट लिए ।

जारी प्रतियोगितामा ६ खेलमा तीन खेलमा जित र तीनमा हार व्यहोरेको एपीएफ ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने ६ खेल नै खेलेको गण्डकी ४ अंकसहित आठौं स्थानमा छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७