किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी–८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोरीलाई ललाइफकाइ गरी होटलमा पुर्याएर बलात्कार गरेका थिए ।

किशोरीका आफन्तले बलात्कार गरेको जानकारीसहित प्रहरीमा उजुरी गरेका थिए ।

घटनापछि सम्पर्कविहीन भएका युवकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१