६२ वर्षीय श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

विराटनगर । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा इलामको माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

६२ वर्षीया हस्तकुमारी लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबीच शुक्रबार साँझ विवादपछि झगडा भएको थियो । त्यसक्रममा बालध्वजले हस्तकुमारीलाई कुटपिट गरेका थिए ।

कुटाइबाट सिकिस्त घाइते भएकी हस्तकुमारीको झापा, बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।

अस्पतालबाट श्रीमतीको शव लिएर माङसेबुङ पुगेका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१