कतार पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । कतारमा आकर्षक तलबसहित काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने सिरहाको विष्णुपुर–२ का २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार साहले डम्बरकुमार पाहिकलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र त्यहाँ राम्रो कम्पनीका काम दिलाएर मासिक ४५ हजार रुपैयाँ तलब दिलाउने भन्दै पटक–पटक गरी २ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको हो ।

प्रहरी टोलीले साहलाई सोमबार इमाडोलबाट पक्राउ गरी मंगलबार थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१