• २०८३ जेठ २२
  • 2026 June 05, Friday

खेलिरहेका बालकको घरको गेटले किचिएर मृत्यु

हुलाक सञ्चार

  • २०८० माघ १९, शुक्रबार १०:३२

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ ।

स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त घाइते उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • २०८० माघ १९, शुक्रबार १०:३२