खेलिरहेका बालकको घरको गेटले किचिएर मृत्यु

  • हुलाक सञ्चार
  • विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ ।

    स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त घाइते उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।

    उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१