स्कुटरको ठक्करले पैदलयात्री महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ को भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ ।

हरैँचाबाट विराटनगर आइरहेको प्रदेश १–०२–०४७ प ५२२२ नम्बरको स्कुटीले सोमबार बेलुका ठक्कर दिँदा स्थानीय ६५ वर्षीया हशनीदेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करपछि सिकिस्त घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम ल्याइएको थियो ।

उपचारकै क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कुटर चालक ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय भाइराजा सरदार पनि घाइते भएका छन् । उनको विराट नर्सिङहोममा उपचार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१