
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल फिल्म खेल्ने भएका छन् । नेपाल नमेटिने घाउँ चलचित्रमा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रकी मुख्य पात्र मेनुका पौडेलले सामाजिक सञ्जालमार्फत आइतबार अध्यक्ष नेपाल फिल्म खेल्ने बताएकी हुन । चलचित्रको टिम आइतबार पार्टी कार्यालय आलोकनगरमा गएर भेटघाट गरेको हो ।
उक्त चलचित्रमा एमाले अध्यक्ष केपी ओली र राप्रपा सचेतक ज्ञानेन्द्र शाहीपनि अनुबन्धित भइसकेका छन् ।