• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

‘ऊनको स्वीटर’ मा तन्नेरी विपिन र मिरुना

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘ऊनको स्वीटर’को फस्टलुक सार्वजनिक भएको छ । आर्टमान्डूले निर्माण गर्ने फिल्मको सार्वजनिक पोस्टरमा विपिन र मिरुनालाई तन्नेरी अवतारमा देखाइएको छ । पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन् ।

विपिन गोल्डस्टार जुत्ता, पेन्ट र रातो स्वीटरमा सजिँदा मिरुना गुरुङ पोसाकमा देखिएकी छन् । नविन चौहानको पटकथा र निर्देशन रहने फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायतका कलाकार फाइनल भइसकेका छन् ।

फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउद र झुमा लिम्बुको शब्द, अनिल सुब्बा र सुरज तमुले कास्टिङ, चिन्तनराज भण्डारीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहनेछ ।

निर्देशक चौहानका अनुसार पाँचथरमा छायांकन गरिने फिल्म वैशाखबाट फ्लोरमा जानेछ ।