कपाल झर्ने, चायाँ पर्ने समस्या छ ? अपनाउनुस् यस्ता उपाय

सामान्यतया कपाल झर्ने, उम्रिने र कपालमा चाँया पर्ने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्ने र चाँया पर्ने समस्या हुन थाल्छ । खासमा यो एक समस्या हो । कपाल शरीरमा लागेका रोग र इन्फेक्सनका कारणले झर्ने गर्दछ । प्रायः जसो खानपिनमा न्युट्रिसिएनको अभाव, हेमोगोविन, भिटामिन डीका कारणले पनि कपाल झर्ने गर्छ । अन्य रोग जस्तै थाइराइड र दीर्घकालीन रोगले गर्दा पनि कपाल झर्ने गर्दछ । जथाभावी खानाका कारण पनि कपाल झर्ने समस्या हुन्छ ।

कपाललाई समयसमयमा ननुहाउँदा, अनियमित मात्रामा तेल लगाउँदा र तेल लगाएर टोपी लगाउँदा गुम्सिएको कारण फङ्गसको वृद्धि हुनाले कपालमा चाँया पर्ने गर्दछ । सुख्खापनले पनि कपालमा चाँया पर्ने गर्दछ । जथाभावी केमिकल प्रोडक्टहरु प्रयोगले पनि कपालका चाँया पर्ने सम्भावना रहन्छ ।

कपाल झर्ने र चाँया पर्ने समस्या समाधानका उपायहरु

– सबै भन्दा पहिले आफुले दैनिक रुपमा खाइरहेको कुपोषितजन्य खानेकुरालाई स्थगित गरि भिटामिनयुक्त र पोषिलो खानेकुराहरुमा विशेष ध्यान दिनुहोस् ।

– कपाल झर्ने समस्याबाट बच्न नरिवल, तोरीको तेल अथवा आफुले दैनिक रुपमा प्रयोग गरिरहेको तेलमा अलिकति मेथीको दाना हालेर कम्तीमा ५ मिनेटसम्म पकाउनुहोस् । त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस् । यो तेल नियमित रुपमा नुहाउनुभन्दा एक वा दुइ घण्टा अगाडि कपालको जरामुनि मसाज गर्दै लगाउनुहोस् ।

– कपाल भिटामिन ‘सी’ का कारणले पनि झर्ने हुनाले अमलामा भिटामिन ‘सी’ पाइने भएकाले अमलाको रसले कपाल जरामा लगाएर मसाज गर्नुहोस् ।

– लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोक्नमा मद्दत गर्दछ ।

– एक सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्ने । उमालेको त्यो पानीले टाउको धुने । टाउकोमा आएका फोका हट्नेछन् । साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ । टाउको धोइसकेपछि निमको तेल कपालमा लगाउनुहोस् ।

– नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिने छ  ।

– मौसम परिवर्तन हुँदा पनि कपाल झर्ने समस्या हुन्छ । यसो हुँदा ताजा सयपत्रीका पात मिचेर १–२ घण्टासम्म कपालमा लगाएर कपाललाई सफा पानीले पखाल्नुहोस् ।

– हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस् । त्यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । यसो गर्दा कपालको जरा बलियो हुन्छ ।

– दुई ठूलो चम्चा दाना मेथी पानीमा रातभर भिजाएर राख्नुहोस् । बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन हट्छ ।

– यदि आफूलाई कुनै रोग लागेको छ भने त्यतिबेला जथाभावी औषधीको प्रयोग नगर्नुहोस् । किनभने हाम्रो स्वास्थ्यमा त्यस्ता प्रकारका औषधीले हानीनोक्सानी पुर्याउँछ ।

– कपाल झरिरहेको छ भनेर जथाभावी विभिन्न प्रोडक्टहरु प्रयोग गर्नुहुदैन । यदि गर्नै परेमा डाक्टरको सल्लाह र परामर्श लिएर मात्र प्रयोग गर्नुपर्दछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१