नेपालद्धारा क्यानडासामु जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोटेका हुन् ।त्यस्तै, आसिफ शेख र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए । भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए ।

आरिख सेखले ३८ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।क्याडनाका उदय भगवानले ३ विकेट लिए । इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे ।क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१