• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडाैं । क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।

आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्न सक्नेछ।

अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले ६८ रन प्रहार गरेका थिए।

अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ गरेको थियो।