क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडाैं । क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।

आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्न सक्नेछ।

अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले ६८ रन प्रहार गरेका थिए।

अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ गरेको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१