नेपाली जनसम्पर्क समिति जापानले रक्तदान कार्यक्रम गर्ने

जापान । फागुन ७ गते राष्ट्रिय प्रतातन्त्र दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति जापानको अन्तरिम केन्द्रीय समितिले जापानकाे राजधानी टाेक्याेमा दुई ओटा कार्यक्रम आयोजना गर्न लागेको छ।

फागुन ७ अर्थात्, १९ फेब्रूअरी सोमवार मध्याह्न १२ बजे देखि ३ बजेसम्म “रक्तदान कार्यक्रम” तथा साँझ ६ बजे देखि ८ बजे सम्म “दिप प्रज्वलन” तथा “शुभकामना आदान-प्रदान” कार्यक्रम गर्न लागिएकाे हाे ।

उक्त दिन रक्तदानका लागि 千代田区外神田1-16-9 朝風二号館ビル5階 स्थित टोक्यो मेट्रोपोलिटन स्वास्थ्य कार्यलयमा तय गरिएको छ भने औपचारिक कार्यक्रमका लागि 東京都新宿区百人町2丁目20-23 स्थित Solmari Nepali Restaurants को हलमा व्यवस्था गरिएको समितिका प्रवक्ता सुरज वनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेसका लोकपृय नेता गुरु घिमिरे रहनेछन् भने नेपाली कांग्रेसका अन्य प्रभावशाली नेताहरु, नेपाल तरुण दलका नेताहरु तथा नेपाल विध्यार्थी संघका विद्यार्थी नेताहरु पनि वक्ताका रुपमा रहने महामन्त्री सम्भु केसीले बताए ।

जापानबाट डा. नेत्रप्रसाद भण्डारी, प्रोफेसर धर्म अधिकारीलगायतका प्राज्ञिक विज्ञहरुसहित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु तथा महासमिति सदस्यहरु लगायतका जनसम्पर्क समिति जापान का नेताहरुको उपस्थिति रहने अर्का महामन्त्री विराट खनालले जानकारी दिए ।

साथै, NRNA ICC, तथा NRNA NCC का प्रतिनिधिहरु, जापानमा विद्यमान विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुका साथै टोक्योस्थित नेपाली राजदूतावासका महामहिमकाे पनि उपस्थिति गराई ८० सालको प्रजातन्त्र दिवस समावेशी एवम् सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न लागेको कुरा केन्द्रीय उप-सभापति अर्जुन सुवेदीले बताए ।

जनसम्पर्क समिति जापानका सभापति डिका कार्कीसंगको कुराकानीमा उनले भने, ‘नेपाली कांग्रेस को नेतृत्वमा १०४ वर्षीय राणा शासनको अन्त्य गर्न सफल भयो, त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौँ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित फागुन ७ का दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।’

यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । त्यतिबेला राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१