काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ प्रदर्शन कमजोर बनेको छ । नेपालले ३१ ओभरमा ८ विकेट गुमाइसकेको छ ।
नेपालका लागि भिम सार्कीले ४४ रन, गुलसन झा २१ रन र कुशल मल्ल १५ रन बाहेक बाँकी ५ खेलाडीले दोहोर अंक बनाउन सकेनन् । नेपाल अहिले ३१ ओभर सकिँदा ८ विकेटको क्षतिमा १०६ रन बनाएर खेलेको छ ।
टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।