काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले बनाएको छ ।
४१.१ ओभरमा अलआउट हुँदै नेपालले १ सय ३३ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । उनले ८६ बलमा २ चौका र १ छक्काको मद्धतमा ४४ रन बनाए भने करण केसी ३८ बलमा रन १६ रन बनाएर आउट भए ।
गुलशन झाले ३१ बलमा २१ रन बनाए । कुशल मल्लले २२ बलमा १५ र पवन सराफले २२ बलमा १२ रन बनाई आउट भए ।
अन्य खेलाडीले भने दोहोर अंक बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १३ बलमा १ रन, आशिफ सेख ४, अनिल शाह ८, सोमपाल कामी २ ललित राजवंशी र कुशल भुर्तेल शून्य रनमा आउट भए ।