• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

  • २०८० फागुन ३, बिहीबार १०:११

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्यलाइ नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

नेपालले घरेलु मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१।५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । पछिल्लो एक वर्षमा घरेलु मैदान टीयुमा ओडीआई खेल नहारेको नेपालले पहिलो पटक हारको सामना गरेको छ ।

नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिएका थिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
नामिबियाले एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले ३.५ ओभरमा ओपनर आसिफ शेखलाई आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफलाई सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट गराएका थिए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

कप्तान रोहित पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । रोहितले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोहोरो अंक जोड्न सकेनन् ।

नामिबिया क्रिकेट टोलीका कप्तान जेरार्ड एरास्मसले सोमपाललाई जेन फ्रेलिंकबाट क्याच आउट गराएका थिए । छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए ।

यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका हुन् ।
३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि–इटनको बलमा जेरार्ड एरास्मसको हातबाट क्याट आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १२१ रन मात्र बनाएको थियो ।

आठौं विकेटका रुपमा गुल्शन झा २१ रनमा आउट भएका थिए । यस्तै पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं विकेटका रुपमा २७.४ ओभरमा ४४ रनमा आउट भए । अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए ।

नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार साहलाई मौका दिएको थियो । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका साह प्लेइङ ११ मा परेका छन् । आजको खेलमा आरिफ शेख र देव खनाललाई विश्राम दिइएको थियो ।

नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा ३ र २ विकेटले विजयी भएको थियो त्यस्तै ८६, ६३ र ४० रनले नामिसबयासँग ३ खेलमा हार व्यहोर्न परेको थियो र १ खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

२०२७ सम्म चल्ने लिग(२ मा नेपालसहित ८ टोलीको सहभागिता छ । नेपालले दोस्रो खेलमा शनिवार नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

  • २०८० फागुन ३, बिहीबार १०:११